logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    आज २७औँ वनस्पति दिवस मनाइँदै

    आज २७औँ वनस्पति दिवस मनाइँदै

    महिला मुक्ति
    २९ चैत्र २०८२
    279
    Shares

    काठमाडौँ । ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा विविध कार्यक्रमका साथ २७औँ वनस्पति दिवस मनाइँदै छ ।
    आजै वनस्पति विभागले वन तथा वातावरणमन्त्री गीता चौधरीको उपस्थितिमा आफ्नो स्थापनाको ६६औँ वार्षिकोत्सव पनि मनाउँदै छ । यस अवसरमा जडीबुटी संरक्षण, अनुसन्धान, प्रवर्द्धन तथा व्यवसायीकरणसम्बन्धी अन्तरक्रिया, प्रदर्शनी र सम्मान कार्यक्रमहरू आयोजना गरिने विभागले जनाएको छ ।
    साथै देशका विभिन्न भागमा वृक्षारोपण, चेतनामूलक कार्यक्रम, जडीबुटी प्रदर्शनी तथा कृषक अभिमुखीकरण कार्यक्रम गरिने जनाइएको छ । वनस्पति दिवसले जैविक विविधताको संरक्षण, हरियाली प्रवर्द्धन तथा जडीबुटीमा आधारित अर्थतन्त्रको विकासमा जोड दिएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com