काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।
प्रतिनिधि सभामा भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ । विपक्षमा ५ मत परेको छ भने तटस्थमा २२ मत परेको छ । मतदानमा २५६ सांसद सहभागी भएका थिए ।
उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् । श्रम संस्कृतिकी ठाकुर जेनजी सांसद हुन् । उनी समानुपातितर्फ निर्वाचित भएकी थिइन् ।
उपसभामुखमा ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदहरूले मतदान गरे भने लामालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले मात्रै मतदान गरे।
नेकपा एमालेका सांसदहरू भने तटस्थ बसेका थिए ।
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते