logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

    राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ

    महिला मुक्ति
    २४ चैत्र २०८२
    396
    Shares

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीले आज पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

    राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा उपाध्यक्ष भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

    समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, कामु प्रधानन्यायाधिश सपना प्रधान मल्ल, मन्त्रीगण, सांसद, संवैधानिक निकायका प्रमुख एवम् उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com