logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बिमितसँग नगद असुल्ने अस्पताललाई कडा कारबाही गर्ने

    बिमितसँग नगद असुल्ने अस्पताललाई कडा कारबाही गर्ने

    महिला मुक्ति
    २३ चैत्र २०८२
    369
    Shares

    काठमाडौँ :  स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रममा आबद्ध बिमितहरूलाई औषधि खरिदमा नगद तिर्न लगाउने र सेवा प्रवाहमा भेदभाव गर्ने स्वास्थ्य संस्थाहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
    बोर्डले सोमबार सूचना जारी गर्दै केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमाको प्याकेजभित्रै पर्ने औषधि तथा औषधिजन्य सामग्रीहरू बिमितलाई बाहिरका औषधि पसल वा आफ्नै फार्मेसीबाट नगदमा खरिद गर्न लगाएको व्यापक गुनासो आएको जनाएको छ ।
    बोर्डका अनुसार यस्तो कार्य स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ को उपनियम ९१ को खण्ड ९क० विपरीत हुने भन्दै यसो गरेको भेटिए कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
    बोर्डले केही अस्पतालहरूले स्वास्थ्य बीमा मार्फत सेवा लिन आउने बिमितहरूलाई अग्रिम समय लिनुपर्ने बाध्यता गराएको र उनीहरू प्रति भेदभावपूर्ण व्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता गतिविधि नरोकेमा स्वास्थ्य बीमा ऐन, २०७४ को दफा १२ बमोजिम स्वास्थ्य संस्थासँग गरिएको सम्झौता नै रद्द गर्ने चेतावनी बोर्डको छ ।
    बोर्डले औषधि र अन्य सेवाहरूको दररेटका सम्बन्धमा पनि निर्देशन दिएको छ । निर्देशनमा यदि कुनै औषधि वा सेवाको अस्पतालको आफ्नै दररेट बीमा सुविधा थैलीमा उल्लेखित दररेट भन्दा कम छ भने अस्पतालले न्यूनतम दरमै दाबी गर्नुपर्ने जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com