logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

    सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन तीन दिने अल्टिमेटम

    महिला मुक्ति
    २० चैत्र २०८२
    252
    Shares

    नेपाल पत्रकार महासङ्घले सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन गर्ने सरकारी निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ।महासङ्घले उक्त सरकारी परिपत्र विभेदकारी रहेको भन्दै यसलाई तत्काल फिर्ता लिन माग गरेको छ।काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिएको छ ।शुक्रबार काठमाडौँमा सरकारी विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशनरप्रसारण गर्ने परिपत्र जारी गरेको विषयमा सरोकारवालासँग छलफल गर्दै उक्त निर्णय सच्चाउन सरकारलाई तीन दिने अल्टिमेटम दिने निर्णय गरेको हो ।छलफलमा सहभागीहरूले सरकारको उक्त कदम विभेदकारी भएको भन्दै तत्काल फिर्ता लिन माग गरेका थिए । छलफलमा पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सरकारी सूचना प्रकाशन र प्रसारण निर्णयले सञ्चारमाध्यमलाई समस्या पर्ने भएकाले सच्चाउन माग गरिन् । उनले यस विषयमा वार्तालाई पनि सँगसँगै अघि बढाउने बताइन् ।सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सबै सङ्घीय मन्त्रालय, आयोग र सचिवालय, प्रदेश र स्थानीय तहहरूलाईसमेत जारी गरिएको परिपत्रको विरोधमा महासङ्घले सरोकारवालासँग छलफल गरेको थियो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com