logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन

    शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिँदै बालेन

    महिला मुक्ति
    १२ चैत्र २०८२
    351
    Shares

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते शुभ साइतमा प्रधानमन्त्रीको शपथ लिने भएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा दिउँसो १२ बजेर ३४ मिनेटमा उनले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।बुर्लाकोटीका अनुसार शपथ ग्रहणमा १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल र ७ वटा शंखबाट शंखनाथ हुनेछ । गत फागुन २१ गते सकिएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले दुई तिहाइ नजिकको सिट पाएको थियो । बिहीबार संसद् भवन सिंहदरबारमा नवनिर्वाचित सांसदहरूले शपथग्रहण कार्यक्रम राखिएको छ । भोलि नै बालेनलाई रास्वपाले संसदीय दलको नेता चयन गर्दैछ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com