logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    अमेरिकी विशेष दूतले गरे रवि लामिछानेलाई फोन

    अमेरिकी विशेष दूतले गरे रवि लामिछानेलाई फोन

    महिला मुक्ति
    ११ चैत्र २०८२
    387
    Shares

    काठमाडौँ, दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबिच टेलिफोन वार्ता भएको छ । गोरले टेलिफोन वार्ताका क्रममा हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछानेलाई बधाई दिएको काठमाडौँस्थित अमेरिकी दूतावासले जनाएको छ ।दूतावासका अनुसार विशेष दूत गोरले चैत १० गते सभापति लामिछानेसँग संवाद गर्दै रास्वपाले चुनावी परिणाममार्फत हासिल गरेको जितप्रति शुभकामना व्यक्त गरेका हुन् ।टेलिफोन वार्ताका क्रममा विशेष दूत गोरले नेपाल र अमेरिकाबीचको कुटनीतिक सम्बन्ध र भावी सहकार्यका विषयमा समेत चर्चा गरेको दूतावासले जनाएको छ। उनले अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा उत्सुक रहेको बताउँदै दुई देशबीचको आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको मित्रतालाई अझ गहिरो र मजबुत बनाउन अमेरिका सकारात्मक रहेको सन्देश पनि विशेष दूतले दिएका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com