काठमाडौँ । इरानले इजरायलमाथि भीषण मिसाइल हमला गरेको छ। आइतबार बिहानैदेखि मध्य इजरायललाई लक्षित गरी गरिएको आक्रमणमा परेर कम्तीमा १५० जना घाइते भएको इजरायली सेनाले जनाएको छ। आक्रमणका क्रममा ठूला भवनहरूमा क्षति पुगेको छ भने ऊर्जा केन्द्रहरूलाई लक्षित गरी मिसाइल प्रहार गरिएको बताइएको छ। अल जजिराका अनुसार इजरायलका विभिन्न स्थानमा ठूला विस्फोटका आवाज सुनिएका छन्। यो आक्रमण अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका ऊर्जा तथा तेल खानीहरूमा हमला गरेपछि त्यसको जवाफी कारबाहीका रूपमा भएको बताइएको छ। आक्रमणपछि तेहरानले थप कडा प्रतिक्रिया दिने संकेतसमेत दिएको छ।
इजरायली सेनाका अनुसार इरानको दोस्रो चरणको हमला पनि जारी रहेको छ र मिसाइलहरूलाई आकाशमै निष्क्रिय पार्ने प्रयास भइरहेको छ। घाइतेहरूको संख्या बढ्न सक्ने अनुमान गरिएको छ भने धेरैलाई अस्पतालमा भर्ना गरिएको छ।
यसैबीच, इरानले आफ्ना ऊर्जा र आणविक केन्द्रहरूमा आक्रमण भएमा संयुक्त राज्य अमेरिका तथा उसका समर्थक राष्ट्रका ऊर्जा, पानी र सूचना प्रविधि संरचनामाथि कडा जवाफी हमला गर्ने चेतावनी दिएको छ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क