logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसआज

    ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसआज

    महिला मुक्ति
    ७ चैत्र २०८२
    360
    Shares

    काठमाडौँ । ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा आज राजधानीको माइतीघर मण्डलामा विशेष कार्यक्रम आयोजना गरिएको छ । विभिन्न दलित अधिकारकर्मी सङ्घसंस्था, मानवअधिकारवादी तथा नागरिक अभियन्ताहरूको ठुलो सहभागितामा आयोजित उक्त कार्यक्रममा जातीय विभेद र छुवाछूत अन्त्यका लागि सशक्त आवाज उठाइएको हो ।
    कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद खगेन्द्र सुनारले जातीय विभेद विरुद्धको लडाइँ पद र सत्ताभन्दा माथि रहेको बताए ।
    उनले सामाजिक न्यायका लागि आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै भने, ‘म सरकारमा होस् या नहोस्, जातीय विभेद विरुद्ध आवाज उठाउन छाड्दिन। हाम्रो आफ्नै नेतृत्वको सरकारले यदि यस विषयमा गलत गर्छ भने त्यसको विरुद्धमा पनि म निर्धक्क भएर आवाज उठाउने छु।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com