काठमाडौँ । आज ईद (ईद–उल–फित्र )पर्व मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसीयाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी हर्षोल्लासका साथ मनाउँदै छन् ।
आज ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आशीर्वाद लिने र दिने गरिन्छ । सो अवसरमा मिष्टान्न परिकार खाने र खुवाउने परम्परा रहिआएको छ ।
रोजाको अनुशासन, आत्मसंयम र श्रद्धापूर्वक गरिएको नमाजको साधनापछि मनाइने ईद पर्व आत्मिक शुद्धता र आध्यात्मिक उन्नतिको प्रतीक हो । यस पर्वले मानिसलाई संयम, धैर्य र आत्मनियन्त्रणको पाठ सिकाउँदछ । यस अवसरमा आयोजना हुने ‘इफ्तार’ र सामूहिक नमाजले देश र समुदायमा एकता र सहअस्तित्वको भावना बलियो बनाउँदछ । दान र सहयोगको परम्पराले असहाय, गरिब तथा सहयोगको आवश्यकता भएकाप्रति करुणा र सहानुभूति जगाउँदछ ।
ईदको चन्द्रमा देखेपछि ‘चाँद मुबारक’ वा ‘ईद मुबारक’ भन्ने परम्परा शुभकामना मात्र होइन, आपसी सद्भाव र भाइचारा प्रकट गर्ने सुन्दर संस्कार हो । ईद–उल–फित्र धार्मिक पर्व मात्र होइन, सामाजिक सद्भाव र सांस्कृतिक ऐक्यबद्धताको प्रतीक पनि हो । नयाँ कपडा लगाउने, नमाज पढ्ने, एक अर्कासँग गला मिलाउँदै शुभकामना आदान–प्रदान गर्ने मौलिक परम्पराले सामाजिक सम्बन्धलाई अझ घनिष्ठ बनाउँदछ । विशेष परिकार बनाएर खाने–खुवाउने संस्कारले साझा खुसी बाँड्ने परम्परालाई जीवन्त राख्न सहयोग पुग्दछ भने दान र सहयोगको संस्कारले समाजलाई न्यायपूर्ण र करुणामय बनाउन मद्दत गर्दछ । यस पर्वले हामीलाई भाइचारा, मेलमिलाप र सामूहिकताको मूल्यलाई आत्मसात् गर्न प्रेरणा प्रदान गर्दछ ।
धर्मको मूल उद्देश्य मानवता हो । कुनै पनि धर्मले विभेदलाई स्वीकार गर्दैन, बरु त्याग, पवित्रता, अहिंसा, लोकहित, विवेक र सत्कर्मलाई प्रोत्साहन गर्दछ । धर्मले मानिसलाई सत्यनिष्ठ, कर्मनिष्ठ र कर्तव्यनिष्ठ बन्न प्रेरित गर्दछ । विपत्तिमा धर्मप्रतिको आस्था नै मानिसलाई धैर्य र साहस प्रदान गर्दछ । सद्भाव, सदाचार र समन्वय नै सभ्य समाज निर्माणका आधार स्तम्भ हुन् । यस दृष्टिले ईद–उल–फित्रले हामीलाई धार्मिक आस्था मात्र होइन, सामाजिक न्याय, समता र सहअस्तित्वको मार्गमा अघि बढ्न उत्प्रेरित गर्दछ । रासस
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु