काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो पार्टीका तर्फबाट नवनिर्वाचित सांसदका निम्ति अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा दुईदिने अभिमुखीकरण आयोजना गरिएको हो ।
मंगलबार चैत ३ बिहान अबेर अभिमुखीकरणको शुभारम्भ गरियो । रास्वपा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा। स्वर्णिम वाग्लेले घण्टी बजाएर अभिमुखीकरणको शुभारम्भ गरेका हुन् । अभिमुखीकरण शुभारम्भमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन देखिएनन् ।
लामिछाने बुधबार अभिमुखीकरण समापनमा सहभागी हुनेछन् । उनले पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता तथा समापन मन्तव्य व्यक्त गर्ने कार्यक्रम तालिका छ ।
बालेन पनि भोलि मात्र उपस्थित हुने रास्वपाका तर्फबाट नवनिर्वाचित सांसद राजुनाथ पाण्डेले जानकारी दिए ।रवि र बालेन स्वास्थ्य अवस्था र कार्यव्यस्ताताका कारण आउन नसकेको उपसभापति अर्यालले बताए । सम्भव भएसम्म भोलि दुवैजना कार्यक्रम समापन हुनुअघि उपस्थित हुने उनले जानकारी गराए ।
नवनिर्वाचित सांसदलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्नेलगायत उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
अभिमुखीकरणमा नेपाल सरकारका पूर्वसचिव, आईटीविज्ञलगायत व्यक्तिहरूले विभिन्न विषयमा जानकारी प्रदान गर्नेछन् । रास्वपाबाट यसअघि पनि सांसद रहिसकेकाहरूले संसदीय अनुभव सुनाउने कार्यक्रम तालिका छ ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क