काठमाडौँ , संयुक्त राष्ट्रका महासचिव एन्तोनियो गुटेरेसले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी नवगठित अन्तर्राष्ट्रिय वैज्ञानिक प्यानललाई विश्वस्तरमा स्पष्ट नीति, सुरक्षा मापदण्ड र उत्तरदायित्वका आधार तय गर्न आह्वान गरेका छन् ।प्यानलको प्रारम्भिक बैठकलाई सम्बोधन गर्दै उनले कृत्रिम बुद्धिमत्ता अभूतपूर्व गतिमा विकास भइरहेको र यसले विश्व अर्थतन्त्र, श्रम बजार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा शासन प्रणालीमा गहिरो र दीर्घकालीन प्रभाव पारिरहेको बताए ।
यस्तो तीव्र परिवर्तनशील प्रविधिको समग्र प्रभाव कुनै एक देश, कम्पनी तथा अनुसन्धान संस्थाले मात्र बुझ्न नसक्ने भएकाले विश्वव्यापी सहकार्य र वैज्ञानिक आधारमा साझा समझ निर्माण अपरिहार्य रहेको उहाँले उल्लेख गरे।महासचिव गुटेरेसका अनुसार कृत्रिम बुद्धिमत्ताले शान्ति र सुरक्षादेखि मानवअधिकार तथा दिगो विकाससम्मका क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको छ । एकातिर यसले उत्पादकत्व वृद्धि, नवीन आविष्कार र सेवाको पहुँच विस्तार गर्न सक्छ भने अर्कोतर्फ दुरुपयोग, गलत सूचना प्रसार, गोपनीयता हनन तथा असमानता बढ्ने जोखिम पनि रहेको उनले चेतावनी दिए । त्यसैले यस प्रविधिको प्रयोग सुरक्षित, पारदर्शी, समावेशी र मानवकेन्द्रित हुनुपर्नेमा उनले जोड दिए।
प्यानलको प्रारम्भिक बैठकलाई सम्बोधन गर्दै उनले कृत्रिम बुद्धिमत्ता अभूतपूर्व गतिमा विकास भइरहेको र यसले विश्व अर्थतन्त्र, श्रम बजार, शिक्षा, स्वास्थ्य, सञ्चार तथा शासन प्रणालीमा गहिरो र दीर्घकालीन प्रभाव पारिरहेको बताए ।
यस्तो तीव्र परिवर्तनशील प्रविधिको समग्र प्रभाव कुनै एक देश, कम्पनी तथा अनुसन्धान संस्थाले मात्र बुझ्न नसक्ने भएकाले विश्वव्यापी सहकार्य र वैज्ञानिक आधारमा साझा समझ निर्माण अपरिहार्य रहेको उहाँले उल्लेख गरे।महासचिव गुटेरेसका अनुसार कृत्रिम बुद्धिमत्ताले शान्ति र सुरक्षादेखि मानवअधिकार तथा दिगो विकाससम्मका क्षेत्रमा अवसर र चुनौती दुवै सिर्जना गरेको छ । एकातिर यसले उत्पादकत्व वृद्धि, नवीन आविष्कार र सेवाको पहुँच विस्तार गर्न सक्छ भने अर्कोतर्फ दुरुपयोग, गलत सूचना प्रसार, गोपनीयता हनन तथा असमानता बढ्ने जोखिम पनि रहेको उनले चेतावनी दिए । त्यसैले यस प्रविधिको प्रयोग सुरक्षित, पारदर्शी, समावेशी र मानवकेन्द्रित हुनुपर्नेमा उनले जोड दिए। रासस
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क