दाङ ,मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूलाई निकै समस्या हुने गरेको छ । विगतका मतदानहरूमा पनि निकै समस्या भोग्नुपरेको भन्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा मतदान केन्द्रहरू अपाङ्गमैत्री हुनुपर्ने राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले बताए । टेबलहरू अग्ला हुँदा होचा व्यक्तिहरूले मदतान गर्न नै गाह्रो हुने अवस्था रहेको उनको भनाइ थियो ।
त्यस्तै मदतान केन्द्रहरूमा दोभासे नहुँदा आफूहरूलाई बुझ्न पनि गाह्रो हुने गरेकोसमेत उनको भनाइ थियो । “होचा व्यक्तिलाई अग्ला टेबलमा पुग्न पनि गाह्रो हुने हुन्छ, त्यसले गर्दा एकातिरभन्दा अर्कोतिर भोट जाने अवस्था हुन्छ”, उनले भने, “यस्ता कुराले होचा व्यक्तिलाई गाह्रो हुन्छ ।” अपाङ्गता भएका व्यक्तिहरू सहजै मतदान केन्द्रमा जान पनि नसक्ने अवस्था रहेको भन्दै यसलाई पनि ध्यानमा राख्नुपर्ने उनको भनाइ छ । सबै मतदान केन्द्रहरूमा यस्तो कुरालाई ध्यान दिनुपर्ने उनको भनाइ छ ।अपाङ्गता भएका व्यक्तिलाई भोट बैंक बनाउने तर, अपाङ्गमैत्री मतदान केन्द्र नबनाउँदा समस्या हुने गरेको उनको भनाइ छ । त्यस्तै दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले पनि निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूलाई विभेद गर्ने गरेको बताए । उनले आफू सरकारी शिक्षक भए पनि निर्वाचनको कामकाजमा नखटाउने गरेको गुनासो गरे । “गत वर्ष एक जना शिक्षकलाई निर्वाचनको कामका लागि छनोट गरेको भए पनि काम गर्न नसक्ने भन्दै फर्काएकोसमेत उनले गुनासो गरे । रासस
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क