काठमाडौँ,। महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखनविरूद्धको राष्ट्रिय नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएकी छिन् ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उक्त नीतिबारे आयोजित छलफलमा उनले मानव बेचबिखनविरूद्ध समाजका सबै वर्ग एकताबद्ध हुनुपर्ने बताइन् ।पर्याप्त स्रोत, साधन र प्रक्रियागत जटिलताका कारण मानव बेचबिखनमा परेका नागरिकको उद्धार गर्न कठिन भएको स्वीकार गर्दै उनले सामाजिक सङ्घसंस्थाको सहयोग र एकताबाट कठिनभन्दा कठिन काम पनि सहज रूपमा सम्पन्न गर्न सकिने बताइन् ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले मानव बेचबिखनजस्तो निकृष्ट कृत्य निर्मूल गर्न नीति सहयोगी हुने विश्वास व्यक्त गरिन् । रासस
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क