logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रकाण्डको उपस्थितिसँगै पचालझरनामा राजनीतिक हलचलः ३७ जना माओवादीमा प्रवेश

    प्रकाण्डको उपस्थितिसँगै पचालझरनामा राजनीतिक हलचलः ३७ जना माओवादीमा प्रवेश

    महिला मुक्ति
    ११ फाल्गुन २०८२
    351
    Shares

    कालिकोट , नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पार्टी प्रवक्ता तथा कालिकोट जिल्ला प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार खड्ग बहादुर विश्वकर्मा (कमरेड प्रकाण्ड) पचालझरना पुगेसँगै स्थानीय राजनीतिमा ठूलो हलचल पैदा भएको छ।
    पचालझरना गाउँपालिका वडा नम्बर ७ नुवाघर गाउँमा चुनाव प्रचार प्रसार कार्यक्रम चुनावी सभामा विभिन्न दल परित्याग गर्दै ३७ जना नेता तथा कार्यकर्ता सामूहिक रूपमा माओवादीमा प्रवेश गरेका छन्। यो प्रवेशलाई स्थानीय राजनीतिमा माओवादीको बढ्दो जनसमर्थन र अन्य दलप्रतिको अविश्वासको स्पष्ट सन्देशका रूपमा हेरिएको छ।
    कार्यक्रममा नवप्रवेशीहरूलाई स्वागत गर्दै कमरेड प्रकाण्डले “जनताको एजेन्डा बोक्ने, अन्याय र विभेदको विरुद्ध लड्ने र सत्ता होइन व्यवस्था परिवर्तनको राजनीति गर्ने शक्ति माओवादी मात्रै हो” भन्दै आगामी निर्वाचनमा माओवादी लाई जिताउन आह्वान गरे। उनले जनताको भरोसा नै माओवादी को वास्तविक शक्ति भएको दाबी गरे।
    नवप्रवेशीहरूले पुराना दलहरूले जनतालाई निराश बनाएको, विकास र परिवर्तनका नाममा झुटा आश्वासन बाँडिएको र त्यसको विकल्प माओवादी मात्रै भएको भन्दै पार्टी प्रवेश गरेको बताएका छन्। उनीहरूले अब पचालझरना क्षेत्रलाई माओवादी बलियो आधार बनाउने प्रतिबद्धता समेत व्यक्त गरे।
    यस प्रवेशसँगै पचालझरना माओवादीको संगठन सशक्त बन्दै गएको छ भने आगामी निर्वाचनमा कालिकोटको राजनीतिमा निर्णायक मोड आउने संकेत देखिएको छ। सुनौलोपोष्ट


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com