एजेन्सी , युक्रेनको ऊर्जा क्षेत्रमा भएको करिब १० करोड डलरको ठुलो भ्रष्टाचार काण्डमा मुछिएका पूर्व ऊर्जामन्त्री जर्मन गालुश्चेन्को देश छोडेर भाग्न खोज्दा पक्राउ परेका छन्। उनलाई युक्रेनी अधिकारीहरूले रेलमार्फत सीमा पार गर्न खोजिरहेको अवस्थामा नियन्त्रणमा लिएका हुन्।गत वर्ष भ्रष्टाचार काण्डमा नाम मुछिएपछि उनलाई मन्त्री पदबाट हटाइएको थियो। युक्रेनको राष्ट्रिय भ्रष्टाचार विरोधी ब्युरो (नाबु) का अनुसार ‘अपरेसन मिडास’ अन्तर्गत भइरहेको अनुसन्धानको क्रममा उनलाई सीमा नाकाबाटै हिरासतमा लिइएको हो।गालुश्चेन्कोमाथि युक्रेनको राष्ट्रिय आणविक ऊर्जा कम्पनी ‘एनर्जोएटम’का ठेकेदारहरूबाट १० देखि १५ प्रतिशतसम्म कमिसन असुल गरेको र सो रकम विदेशमा अवैध रूपमा पठाएको आरोप छ। अनुसन्धान अधिकारीहरूले यसअघि नै नगदले भरिएका झोलाहरूका तस्बिर सार्वजनिक गर्दै यो योजनाबद्ध भ्रष्टाचार भएको दाबी गरेका थिए।यो भ्रष्टाचार काण्डले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको प्रशासनलाई समेत दबाबमा पारेको छ। जेलेन्स्कीका निकट सल्लाहकार आन्द्रे यर्माकले आफ्नो घरमा छापा मारिएपछि राजीनामा दिइसकेका छन्, यद्यपि उनीमाथि हालसम्म कुनै प्रत्यक्ष अभियोग भने लागेको छैन।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क