logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    तामाकोशी दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, ५ जना गम्भीर घाइते

    तामाकोशी दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, ५ जना गम्भीर घाइते

    महिला मुक्ति
    २७ माघ २०८२
    405
    Shares

    काठमाडौँ । रामेछापको तामाकोशीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।प्रहरीका अनुसार दुर्घटनामा घाइते १२ मध्ये ५ जना गम्भीर रहेका छन् । मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक(डीएसपी_ भोला भट्टले जानकारी दिए ।चालकलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली अस्पतालले सात जनाको शव आइपुगेको जनाएको छ ।काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस आज बिहान नदीमा खसेको थियो ।मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com