काठमाडौँ ,नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन पुराना वा नयाँ दलभन्दा पनि एजेन्डामा आधारित प्रतिस्पर्धा हुनुपर्ने बताएकी छन् ।नेपाल कानुन समाजद्वारा मंगलबार आयोजित ‘आसन्न प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनको वातावरण र निर्वाचनपछिको राजनीतिक परिदृश्य’ विषयक कार्यक्रममा उनले पुराना दलहरू लोकतन्त्र, नागरिक अधिकार र मुलुकको स्वाधीनताका लागि स्थापना भएको स्मरण गराउँदै नयाँ पुरानो दलको बहसभन्दा एजेन्डाको बहस महत्त्वपूर्ण भएको बताइन् ।
“एजेन्डा पुरानो वा नयाँ भन्ने हुँदैन । अहिलेको निर्वाचनमा पनि पार्टीको उमेर वा नाममा होइन, घोषणापत्र र कार्ययोजनामा आधारित हुनेछ र हुनुपर्छ”, उपसभापति भुसालले भनिन्, “पार्टीको क्याडरले मात्र होइन, आम मतदाताले एजेन्डा हेरेर भोट दिन्छन् । कुन पार्टीले पाँच वर्षभित्र आफ्नो प्रतिबद्धता पूरा गर्नसक्छ भन्ने कुरा नै निर्णायक हुन्छ ।”कार्यक्रममा पूर्वमुख्यसचिव, पूर्व कानुन सचिव तथा पूर्व उच्च अधिकारीहरूले निर्वाचन सुरक्षामा देखिएका चुनौती, मिथ्या सूचना, दुष्प्रचार, व्यक्तिकेन्द्रित चुनावी प्रचार र कानुन उल्लङ्घनमा दण्डहीनतालगायत विषयमा सचेत गराइन्। रासस
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क