काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रलाई जनउत्तरदायी, पारदर्शी र प्रभावकारी बनाउँदै समृद्ध नेपालको आकाङ्क्षा साकार पार्नु नै शहीदप्रतिको सच्चा सम्मान हुने बताएकी छिन् ।
शहीद दिवस, ८२ का अवसरमा आज एक सन्देश जारी गर्दै उनले नागरिक स्वतन्त्रता, लोकतन्त्र तथा राष्ट्रिय स्वाधीनता संरक्षणका लागि अमूल्य जीवन बलिदान गर्ने सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।पूर्वराष्ट्रपति भण्डारीले शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई केवल संरचनागत उपलब्धिमा सीमित राख्न नहुने बताइन् ।सामाजिक सञ्जालबाट जारी सन्देशमा उनले भनिन्,“सहिदको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्रलाई सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिसँग जोड्दै अघि बढ्नु हाम्रो साझा दायित्व हो । उक्त आकाङ्क्षा साकार पार्न सबैले आ–आफ्नो भूमिका इमान्दारीका साथ निर्वाह गर्न शहीद दिवसले थप ऊर्जा र प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्दछु ।” रासस
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क