काठमाडौं, उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले आफ्नो दल अब कसैसँग पनि एकतामा नमिसिने बताएका छन् । रवि लामिछाने नेतृत्वको रास्वपासँगको एकता प्रक्रियामा सामेल भएपछिको १२ दिन उनेपालाई धेरै घाटा भएको उनको दुःखेसो छ । पार्टीले आज आयोजना गरेको रामेछापको बृहत् कार्याकर्ता भेलालाई सम्बोधन घिसिङले यस्तो बताएका हुन् । उनले रास्वपासँगको एकता अवधिको १२ दिन आफूहरू कोमामा पुगेको पनि टिप्पणी गरे ।
अब भने आफूहरु विचलित नभईकन देशकै नेतृत्व लिनेगरि अघि बढ्ने विश्वास दिलाए । रास्वपाले यो अवधिमा आफूमात्रै नयाँ शक्ति भनेर सोसल मिडियामा हल्ला गरिरहेको भन्दै उनेपा चाहीँ नयाँ शक्ति भएको दाबी गरे । उनले थपे,नयाँ शक्ति भनेको हामी नै हो भनेर लागिरहेका छन्, सोसल मिडियामा क्याम्पेन गरेर मात्रै हुँदैन। उज्यालो नेपाल पार्टी नै नयाँ शक्ति हो।’
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क