logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?

    निर्वाचन प्रचारप्रसारमा राष्ट्रिय झण्डा प्रयोग गर्न पाइन्छ कि पाइँदैन ?

    महिला मुक्ति
    ११ माघ २०८२
    279
    Shares

    काठमाडौँ , प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग बढेको भन्दै चौतर्फी आलोचना भएपछि निर्वाचन आयोगले यसबारेको प्रावधान प्रस्ट पारेको छ ।

    निर्वाचन आयोगका अनुसार उम्मेदवार वा दलले चुनावी प्रचारका क्रममा आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था छ। यो तोकिएको संख्याभन्दा बढी झण्डा प्रयोग गर्नु आचारसंहिताको ठाडो उल्लङ्घन हुने र त्यसो गरिएमा कानुनी कारबाहीको भागीदार हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।

    विशेष गरी सामाजिक सञ्जाल र सडक प्रदर्शनहरूमा राष्ट्रिय झण्डाको अनादर हुने गरी प्रयोग गरिएको गुनासो आएपछि आयोगले यस्तो स्पष्टीकरण दिएको हो। सार्वजनिक कार्यक्रमबाहेक अन्य सामान्य प्रचारप्रसारका सामग्रीमा राष्ट्रिय झण्डाको प्रयोग गर्न वा गराउन पूर्ण रूपमा बन्देज लगाइएको छ।

    आयोगले निर्वाचन आचारसंहिताको स्मरण गराउँदै राजनीतिक दल तथा उम्मेदवारहरूलाई राष्ट्रिय झण्डा प्रयोगको निश्चित सीमा र नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com