logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    मुटुलाई स्वस्थ राख्न चाहनुहुन्छ ? पिउनुस् यी प्राकृतिक र ताजा जुस

    मुटुलाई स्वस्थ राख्न चाहनुहुन्छ ? पिउनुस् यी प्राकृतिक र ताजा जुस

    महिला मुक्ति
    १० माघ २०८२
    513
    Shares

    काठमाडौँ । पछिल्लो समय युवा पुस्तामा समेत मुटुसम्बन्धी समस्या बढेको पाइन्छ । वृद्ध वृद्धा हुन् वा युवा, हर्ट अट्याक, कार्डियक अरेस्टजस्ता समस्याहरू सामान्य हुन थालेका छन् । यसको प्रमुख कारण मुटु, खाना र खराब दिनचर्या हुन सक्छ । हामीले सन्तुलित आहार खान छोड्यौँ अनि स्वस्थ जीवनशैली अपनाएनौँ भने हरेक प्रकारको रोगको जोखिम धेरै गुणा बढ्छ ।

    मुटु हाम्रो शरीरको त्यो भाग हो, जसले हरेक हिस्सामा रगत पुर्‍याउने काम गर्छ । तर यदि यसले राम्रोसँग काम गरेन भने धेरै गम्भीर रोगहरू उत्पन्न हुन सक्छन् । त्यसैले हरेक दिन आफ्नो आहारमा केही यस्ता खानाहरू समावेश गर्नुहोस्, जुन मुटुको स्वास्थ्यको लागि राम्रो होस् ।

    आजको यस लेखमा हामी मुटुको स्वास्थ्यका लागि लाभदायक केही प्राकृतिक र ताजा जुसको बारेमा कुराकानी गर्न गइरहेका छौँ, जसको सेवन स्वास्थ्यका लागि साँच्चै नै लाभकारी हुन सक्छ ।

    अनारको जुस
    अनारको जुसमा एन्टिअक्सिडेन्ट र भिटामिन सी पाइन्छ । यसले रगतको प्रवाह सुधार्छ अनि धमनीलाई लचिलो बनाउँछ अनि मुटुलाई स्वस्थ रहन मद्दत गर्छ ।

    स्याउको जुस
    हरेक दिउँसो एउटा स्याउ खानुका धेरै फाइदाहरू छन् । यसमा हुने घुलनशील फाइबरले एलडीएल ९खराब कोलेस्ट्रोल० कम गर्छ र पोटासियमले रक्तचाप नियन्त्रणमा राख्छ । स्याउको जुसको नियमित सेवनले हृदयघात र स्ट्रोकको जोखिम कम गर्छ ।

    आँपको जुस
    आँपमा भिटामिन सी, ए र ई पाइन्छ । यी तत्त्वहरूले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्छ । यसमा रहेको पोटासियमले मुटुमा दबाब कम गर्छ ।

    चेरीको जुस
    यो जुस शरीरको लागि धेरै फाइदाजनक छ । यसमा पाइने एन्टिअक्सिडेन्ट र एन्थोसायनिनले रक्तचाप नियन्त्रणमा राख्छ र सुन्निएको कम गर्छ । यसले धमनीहरूलाई लचिलो हुन मद्दत गर्छ ।

    किवीको जुस
    किवीमा भिटामिन सी, के र पोटासियम पाइन्छ । यिनीहरूले रक्तचाप नियन्त्रणमा राख्छ र रगत जम्नबाट रोक्छ, जसबाट मुटु सुरक्षित रहन्छ ।

    ब्लूबेरीको जुस
    यसमा पाइने फाइबर र फ्लेभोनोइड्सले कोलेस्ट्रोल कम गर्छ र रक्त प्रवाह सुधार गर्छ अनि मुटु रोगको जोखिम कम गर्छ ।

    सुन्तलाको जुस
    भिटामिन सी र पोटासियमले रक्तचाप कम गर्छ अनि मुटुको काम गर्ने प्रक्रियालाई राम्रो बनाएर राख्छ ।

    अङ्गुरको जुस
    विशेष गरी रातो र बैजनी अङ्गुरको जुसमा रेसभेराट्रोल पाइन्छ । यसले रक्त प्रवाहलाई सहज राख्छ र मुटु रोगको सम्भावना कम गर्छ ।

    क्रेनबेरीको जुस
    क्रेनबेरीमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ । एन्टिअक्सिडेन्टले धमनीहरूमा प्लाक जम्मा हुनबाट रोक्छ र रक्त नलीहरूलाई स्वस्थ राख्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com