logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    एक महिनासम्म हरेक बिहान सुन्तलाको जुस पिउँदा के होला ?

    एक महिनासम्म हरेक बिहान सुन्तलाको जुस पिउँदा के होला ?

    महिला मुक्ति
    ७ माघ २०८२
    504
    Shares

    एजेन्सी , अधिकांश नेपाली बिहान एक कप तातो चियाबाट दैनिकी सुरुवात गर्छन् । खाली पेटमा चिया पिउनु स्वस्थकर हुँदैन, तर धेरैले यसलाई बेवास्ता गर्छन् ।

    दिनको सुरुवात चियाको सट्टा एक गिलास सुन्तलाको जुसबाट सुरु गरियो भने हाम्रो शरीरमा के–कस्ता परिवर्तन आउलान् रु बिहान सबेरै भिटामिन सी भरपुर पाइने सुन्तलाको जुस पिउनाले शरीरमा धेरै आश्चर्यजनक परिवर्तन आउन सक्छन् ।

    भिटामिन सीको पावर हाउस
    चियामा क्याफिन र ट्यानिन हुन्छ, जबकि सुन्तलाको जुस भिटामिन सी, फोलेट र पोटासियमको भण्डार हो । एक महिनासम्म दैनिक सुन्तलाको जुस पिउनाले रोग प्रतिरोधात्मक प्रणाली उल्लेखनीय रूपमा बलियो हुन्छ । मौसमी रुघाखोकी र थकानमा कमी आएको महसुस गर्नु हुनेछ । भिटामिन सीले शरीरलाई सेतो रक्त कोशिका उत्पादन गर्न मद्दत गर्दछ, जसले रोगसँग लड्न मद्दत गर्दछ ।

    छालामा प्राकृतिक चमक
    चियाले कहिलेकाहीँ निर्जलीकरण निम्त्याउन सक्छ, जसले तपाईंको छाला रुखो देखाउन सक्छ । सुन्तलाको जुसमा रहेको एन्टिअक्सिडेन्ट र पानीको मात्राले छालालाई भित्रबाट हाइड्रेट गर्छ । भिटामिन सीले कोलेजन बनाउन मद्दत गर्छ, जसले चाउरीपना कम गर्छ र छालालाई जवान र चम्किलो बनाउँछ ।

    पाचन प्रणाली सुधार

    बिहान खाली पेटमा दुधको चिया पिउनाले धेरै मानिसलाई एसिडिटी वा पेट फुल्ने समस्या हुन सक्छ । सुन्तलामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन सुधार गर्छ । यसले शरीरलाई डिटक्सिफाइ गर्न र कब्जियतबाट छुटकारा पाउन पनि मद्दत गर्छ । अत्यधिक एसिडिटीबाट पीडित हुनुहुन्छ भने खाली पेटमा सुन्तलाको जुस पिउनु अघि तपाईंले सावधानी अपनाउनु पर्छ ।

    ऊर्जाको स्तरमा परिवर्तन

    चिया पिउनाले क्याफिनबाट तुरुन्तै आराम मिल्छ, तर यो ऊर्जा उत्ति नै हराउँछ पनि । सुन्तलामा प्राकृतिक चिनी हुन्छ । यसले शरीरमा बिस्तारै ऊर्जा छोड्छ । बिहान सुन्तलाको जुस पिउँदा दिउँसोसम्म पनि तपाईंलाई बढी सक्रिय र ऊर्जावान महसुस गराउँछ ।

    ध्यान दिनुपर्ने कुराहरूः
    चिनी नथप्ने

    प्याकेटमा आउने जुसको सट्टा घरमै बनाएको ताजा जुस पिउनुहोस् । यो जुसमा चिनी भने फिटिक्कै हाल्नु हुन्न । प्याकेजिङ गरिएको जुसमा चिनी थपिएको हुन्छ, जसले फाइदाको सट्टा हानि पुर्‍याउन सक्छ ।

    दाँतको हेरचाह

    सुन्तलाको जुसमा साइट्रिक एसिड हुन्छ, जसले दाँतको इनामेललाई क्षति पुर्‍याउन सक्छ । त्यसैले जुस पिएपछि तुरुन्तै सादा पानीले आफ्नो मुख कुल्ला गर्नुहोस् ।

    मधुमेह

    तपाईंलाई मधुमेह छ भने फाइबर पाउन र रगतमा चिनीको अचानक वृद्धि रोक्न सुन्तलाको जुसको सट्टामा सुन्तला नै खानु राम्रो हुन्छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com