logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बागमती प्रदेशका सबै सुरक्षा प्रमुख ललितपुरमा

    बागमती प्रदेशका सबै सुरक्षा प्रमुख ललितपुरमा

    महिला मुक्ति
    २५ पुष २०८२
    369
    Shares

    काठमाडौँ , बागमती प्रदेशका सबै सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू ललितपुरमा आएका छन् । बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सबै सुरक्षा प्रमुखहरु ललितपुरको पुल्चोकमा भेला भएका हुन् ।

    बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन शुक्रबार गृहमन्त्री ओमप्रकाश अर्यालले गरे । गोष्ठीमा बागमती प्रदेशका १० जिल्लाका प्रहरी प्रमुख, प्रजिअहरु, सैन्य अधिकारीहरू र काठमाडौँ उपत्यकामा कार्यरत सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् ।फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा चुनौती र निर्वाचनको सुरक्षा रणनीतिबारे गोष्ठीमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ । गोष्ठीको आयोजना गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरेको हो ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com