काठमाडौँ , भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्री कुलमान घिसिङले इन्जिनियरहरूको बढ्दो बेरोजगारी र पेशागत मर्यादाका लागि गम्भीर कदम चाल्नुपर्नेमा जोड दिएका छन् । नेपाल इन्जिनियर्स एशोसिएसनले आयोजना गरेको ‘मन्त्रीसँग इन्जिनियरका कुराः पेशागत मुद्दा सम्बोधन’ कार्यक्रममा उनले देशका विभिन्न संस्थान र निजी क्षेत्रमा इन्जिनियरको ठुलो माग हुँदाहुँदै पनि अर्थ मन्त्रालयको असहयोगका कारण नयाँ दरबन्दी सिर्जना हुन नसकेको भन्दै तीव्र असन्तुष्टि व्यक्त गरे ।
मन्त्री घिसिङले नेपाल विद्युत् प्राधिकरणको उदाहरण दिँदै इलेक्ट्रिकल इन्जिनियरको चरम अभाव रहेको बताए । ‘विद्युत प्राधिकरणमा अहिले पनि २–३ सय जना इलेक्ट्रिकल इन्जिनियर खपत गर्न सक्ने ठाउँ छ । १३० वटा शाखामा दुई–दुई जना मात्रै इन्जिनियरको दरबन्दी थप्दा पनि करिब २०० भन्दा बढी दरबन्दी सिर्जना हुन्छ,’ उनले भने ।
उनले यति ठुलो माग हुँदाहुँदै पनि दरबन्दी सिर्जना गर्न खोज्दा अर्थ मन्त्रालयले रोकिदिने गरेको र यसले गर्दा संस्थाको कार्यक्षमता र कार्यसम्पादन घटेको तर रोजगारी सिर्जना हुन नसकेको बताए । आईटी तथा कम्प्युटर इन्जिनियरहरूको पनि सोहीअनुसार ठुलो माग रहेको उनले उल्लेख गरे ।
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते