काठमाडौं ,काठमाडौँको गैरीगाउँमा एक काठ गोदाममा लागेको आगो करिब एक घण्टापछि पूर्ण नियन्त्रण आएको छ । काठमाडौं महानगर प्रहरीका अनुसार आधा दर्जन बढी दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो ।
आगो निभाउन काठमाडौं महानगरपालिकाको चारवटा सहित ललितपुर महानगरपालिका र त्रिभुवन विमानस्थल लगायत क्षेत्रबाट दमकल आएका थिए ।
काठमाडौं महानगरपालिकाका विपद् व्यवस्थापन विभागका प्रमुख नगर प्रहरीका एसपी विष्णु जोशीका अनुसार आगलागीबाट मुख्य गरी लोयला सेकेन्डरी स्कुलको एउटा भवन र काठको गोदाममा क्षति पुगेको छ । ‘आगो नियन्त्रण गर्ने र सामानहरू सार्ने क्रममा त्यसबाहेक वरिपरिका केही अन्य सामग्रीमा पनि सामान्य टुटफुट भएको छ,’ उनले भने ।कसरी लागेको थियो आगो ।महानगरको विपद् व्यवस्थापनको टोलीले लिएको प्रारम्भिक जानकारीका अनुसार जाडो छल्नका लागि दाउरा बालेर आगो ताप्ने क्रममा अचानक यताउता सल्किएर आगो लागेको हो ।
घटनाको जानकारी दिँदै विपद् व्यवस्थापनका एक सदस्यले भने, ‘दाउरा बालेर आगो ताप्ने क्रममा असावधानीवश आगो सल्किएर पहिला काठको गोदाममा पुगेको रहेछ । त्यसपछि विद्यालयको भवनमा सरेको देखिन्छ ।’ उनका अनुसार काठको गोदामबाट ह्वात्तै आगो स्कुलतिर गएको हो ।
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह
-
स्पेनमा : रेल दुर्घटना ६८ जनाको मृत्यु, दर्जनौँ घाइते
-
कात्तिक १२ गते बिहीबारदेखि वर्षाको सम्भावना
-
ईयूमा साना पार्सलमा दुई युरो शुल्क