logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको बिदाइ भेट

    प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको बिदाइ भेट

    महिला मुक्ति
    २१ पुष २०८२
    342
    Shares

    काठमाडौँ , नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसंग बिदाइ भेट गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाइ भेटका क्रममा नेपाल र अमेरिकाबिच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।

    प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिए । सो क्रममा राजदूत थम्प्सनले आगामी दिनमा दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com