logo
  • बिहिबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको माओवादीद्धारा घोर भत्सर्ना

    भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको माओवादीद्धारा घोर भत्सर्ना

    महिला मुक्ति
    १९ पुष २०८२
    522
    Shares

     काठमाडौ :  नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको घोर भत्सर्ना गरेको छ ।
    नेकपा (माओवादी)का महासचिव विप्लव सीले शनिवार एक प्रेश विज्ञप्ति जारी गर्दै भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य हस्तक्षेपको घोर भत्सर्ना गर्नु भएको हो ।
    माओवादीले समाजवादी भेनेजुएलामाथि फरक विचार र सत्ता संचालनकै कारण गरिएको अमेरिकी हमला साम्राज्यवादी– सैन्य हस्तक्षेप भएको दाबी गरेको छ ।
    माओवादीले विज्ञप्तिमा भनेको छ ‘अमेरिकाले लागुपदार्थ ओसारपसारको कृतिम आरोप थोपर्दै सार्वभौम मुलुक भेनेजुएलामाथि विध्वंसकारी सैन्य हमला गरेको छ । यसले विश्वलाई स्तब्ध बनाएको छ । हामी यो विध्वंसकारी र अतिक्रमणकारी हमलाको घोर भत्सर्ना गर्दछौं ।’
    माओवादीले राष्ट्रको सार्वभौमिकता, राजनीतिक स्वतन्त्रता, विचार स्वतन्त्रता, प्रतिस्पर्धा र मानवधिकारको ठाडो उलङ्घन गरेको भन्दै अमेरिकाले यथासिघ्र आक्रमण रोकि समस्याको समाधान वार्ता र सहमतिबाट खोज्नु पनि माग गरेको छ ।
    माओवादीले विश्व राजनीतिक शक्ति, मानवधिकारवादी र नागरिक समाजले यसका लागि सशक्त पहल गर्न विज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।

    विज्ञप्तिको पूर्णपाठ


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com