logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    भारतको वामपन्थी विद्यार्थी राजनीतिबाट उदाएकी अभियन्ता नेहा बोरा

    भारतको वामपन्थी विद्यार्थी राजनीतिबाट उदाएकी अभियन्ता नेहा बोरा

    महिला मुक्ति
    २९ असोज २०८३
    558
    Shares

    काठमाडौं : प्रहरीको घेराबन्दी छिचोल्दै अघि बढ्ने, ब्यारिकेडमाथि चढेर मुट्ठी उचाल्दै नारा लगाउने र हिरासतमा पुगेपछि पनि आन्दोलन जारी राख्न आह्वान गर्ने युवती पछिल्लो समय भारतमा चर्चाको केन्द्रमा छिन् । उनी हुन्, नेहा बोरा(भारतको वामपन्थी विद्यार्थी राजनीतिबाट उदाएकी २९ वर्षीया अभियन्ता ।
    भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध भइरहेको प्रदर्शनमा उनी अहिले परिचित अनुहार बनेकी छन् । परीक्षा प्रश्नपत्र चुहावट, बेरोजगारी, शिक्षा सुधार र निर्वाचन प्रक्रियासम्बन्धी विवादमा सडकमा उत्रिएकी बोराका भाषण, गिरफ्तारीका दृश्य र प्रहरीसँगको मुठभेडका भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
    अक्टोबर १० मा नयाँदिल्लीस्थित जन्तर मन्तरमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लियो । प्रदर्शनकारीलाई जन्तर मन्तर पुग्न अवरोध गरिएपछि उनले दिल्ली हाटमा भेला हुन आह्वान गरेकी थिइन् । ‘आज दिल्ली हाट नै जन्तर मन्तर बन्छ’भन्दै सामाजिक सञ्जालमा सन्देश दिएपछि उनी नाराबाजी गर्दै प्रदर्शनस्थलतर्फ अघि बढिन् ।
    प्रहरीले नियन्त्रणमा लिएपछि पनि उनले आन्दोलन नरोकिने बताइन् । ‘म हिरासतमा छु,आन्दोलन छैन भन्ने होइन’भन्ने सन्देशसहितको भिडियो सार्वजनिक गर्दै उनले प्रहरीबाट रोकिएका समर्थकलाई आफू रहेकै ठाउँबाट विरोध जारी राख्न आग्रह गरिन् । उनी सोही दिन रिहा भइन् ।
    बारम्बार पक्राउ पर्ने र रिहा भएपछि फेरि सडकमा फर्किने उनको शैलीले उनलाई भारतको युवा आन्दोलनको अग्रपंक्तिमा पुर्‍याएको छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com