काठमाडौँ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले नेपाल-चीनमा आएको भीषण बाढीका कारण अधिकांश मानिसको ज्यान गएको र बेपत्ता भएका तथा व्यापक भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
महासचिव गुटेरेसले मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् । साथै, उनले बाढीबाट प्रभावित सबै नागरिकप्रति आफ्नो पूर्ण ऐक्यबद्धता प्रकट गरेका छन । उनले नेपालमा राष्ट्रसंघले सरकारको नेतृत्वमा भइरहेको विपद् प्रतिकार्यमा पूर्ण सहयोग गरिरहेको बताएका छन ।
महासचिव गुटेरेसले यसमा विपद्को वास्तविक क्षतिको आकलन गर्ने र तत्काल आपत्कालीन राहत पुर्याउने कार्य समावेश रहेको बताउदै प्रभावित समुदायलाई सहयोग पुर्याउन राष्ट्रसंघीय टोली तथा मानवीय सहायताका साझेदारले आवश्यक राहत सामग्री र दक्ष जनशक्ति परिचालन गरिरहेको समेत बताएका छन ।
महासचिव गुटेरेसले जीवनरक्षाका निम्ति खटिएका आपत्कालीन उद्धारकर्ताको प्रशंसा गर्दै राष्ट्रसंघ थप आवश्यक सहयोग उपलब्ध गराउन पूर्ण रूपमा तयार रहेको पनि बताएका छन ।
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु