काठमाडौँ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कठोर आर्थिक कारबाही गर्ने धम्कि दिएका छन्। दुई देशबीच पाँच महिनाभन्दा बढी समयदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भइरहेका वार्तामा गतिरोध देखिएपछि ट्रम्पले इरानले सम्झौतामा पुग्ने अवसर गुमाएको आरोप लगाएका छन्। बुधबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले इरानविरुद्ध कुनै पनि देशमाथि नभएको हालसम्मकै सबैभन्दा कठोर आर्थिक कारबाही घोषणा गरेका छन्।
उनले इरान सम्झौता गर्ने अवसर लिन असफल भएको बताउँदै अब उसले कठोर आर्थिक युद्ध र एक्लोपनको सामना गर्नुपर्ने चेतावनी दिएका छन्।
ट्रम्पले इरानसँग व्यापार वा व्यावसायिक कारोबार गर्ने जुनसुकै देशमाथि पनि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। ‘जुनसुकै देशले आफ्ना वित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउन अनुमति दिन्छ, उसले आफैँ ठूलो आर्थिक परिणामको सामना गर्नुपर्नेछ,’ उनले भनेका छन्, ‘तेलको तस्करी, स्वाप लाइन, नगद हस्तान्तरण, एक्सचेन्ज हाउस, जहाज दर्ता, अग्र कम्पनीहरू यी सबै अहिले नै रोकिनुपर्छ।”
ट्रम्पले इरानको खतरा हटाउन तथा परास्त गर्न सबै सहयोगी अमेरिकाको साथमा उभिन आवश्यक रहेको बताएका छन्। ट्रम्पले इरानलाई आर्थिक प्रतिबन्धको धम्की दिएको यो पहिलोपटक भने होइन। अमेरिकाले यसअघि नै इरानको तेल तथा वित्तीय क्षेत्रमा प्रतिबन्ध लगाइसकेको छ।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह