logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बुढानीलकण्ठमा गोली चल्यो, एक जना पक्राउ

    बुढानीलकण्ठमा गोली चल्यो, एक जना पक्राउ

    महिला मुक्ति
    १७ साउन २०८३
    171
    Shares

    काठमाडौँ :  काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट सिक्री लुटपाट गरी फरार रहेका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। प्रहरीले कर्मा तामाङलाई गोली प्रहार गरी नियन्त्रणमा लिइएको जनाएको छ।
    साउन १६ गते राति १०:२५ बजे उनलाई पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउण्ड गोली प्रहार गरिएको थियो। घाइते अवस्थामा नियन्त्रणमा लिइएका तामाङको साथबाट घटनामा प्रयोग भएको खुकुरीसमेत बरामद गरिएको छ।
    काठमाडौं प्रहरी परिसरका अनुसार उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com