logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सामाजिक सुरक्षा कोषमा १ खर्ब १५ अर्ब बढी योगदान

    सामाजिक सुरक्षा कोषमा १ खर्ब १५ अर्ब बढी योगदान

    महिला मुक्ति
    ५ साउन २०८३
    153
    Shares

    काठमाडौँ :  सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।
    सामाजिक सुरक्षा कोषका अनुसार सूचीकृत रोजगारदाताको संख्या २३ हजार ४ सय ९० पुगेको छ । सूचीकृत योगदानकर्ताको संख्या ३० लाख ४३ हजार २ सय पुगेको हाे । कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २ सय ५२ बराबरकाे दावी भुक्तानी गरेको छ ।
    औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावीतर्फ तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४ सय ६२ उपलब्ध गराइएको छ ।दुर्घटना तथा अशक्तता सुरक्षा दावीतर्फ ३० करोड ४६ लाख ६ हजार ५ सय १४, आश्रित परिवार सुरक्षा दावीतर्फ ३८ करोड चार लाख २५ हजार २ सय १६ र अवकाश दावीतर्फ १७ अर्ब ६ करोड ४५ लाख ४१ हजार ६१ बराबर रकम उपलब्ध गराइएको हाे ।
    पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ। कोषले पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आम मानिसको चासो बढ्दै गएको जनाएकाे हाे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com