झापा : झापामा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कनकाई नगरपालिका–५ स्थित तुलसीवारिमा शुक्रबार दिउँसो खुरुङ्गाबाट झापा बजारतर्फ जाँदै गरेको मे ४ प ५८५ नम्बरको मोटरसाइकललाई खेत जोतेर सडकमा निस्कँदै गरेको मे १ त ७४०४ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक झापा गाउँपालिका–३ बस्ने २० वर्षीय समीर अली र मोटरसाइकलमा सवार उनकी ५ वर्षीया छोरी हाजिरा खातुनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दुर्घटना लगत्तै उनीहरूलाई उपचारका लागि कन्काई अस्पताल खुरुङ्गा पु¥याइएको भए पनि चिकित्सकले जाँच गर्नासाथ मृत घोषणा गरेका थिए ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार समिरकी आमा ४५ वर्षीया नुरेश सादेवी गम्भीर छिन् ।
उनलाई कन्काई अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।दुर्घटनामा संलग्न ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु