नयाँ दिल्ली : भारतको विदेश मन्त्रालयले नेपाल र भारतबिचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान गरिने स्पष्ट पारेको छ ।
मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा दुई देशबिचको सीमाङ्कनको कार्य करिब ९८ प्रतिशत सम्पन्न भइसकेको जानकारी दिँदै यस्तो बताउनुभएको हो । प्रवक्ता जयसवालले गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमाङ्कनका विषय सुल्झिन बाँकी रहेको बताउनुभयो । उहाँले सीमाङ्कन भइसकेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र दशगजा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको बताउनुभयो ।
नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले भन्नुभयो, “नेपाल र भारतबिचको सीमा मामिला पूर्णतः द्विपक्षीय विषय हो । यस्ता मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका रहँदैन र यो कुरा सम्बन्धित सबै पक्षलाई स्पष्ट हुनुपर्छ ।”
सीमासम्बन्धी सबै प्राविधिक र कूटनीतिक विषयलाई सम्बोधन गर्नका लागि दुई देशबिच प्रभावकारी द्विपक्षीय संयन्त्र क्रियाशील रहेको उहाँको भनाइ थियो । दुई देशबिचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारतबिच जनस्तरका साथै राजनीतिक दलबिच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय नेपालका तर्फबाट भइरहेका उच्चस्तरीय भ्रमण र विभिन्न तहका भेटवार्ताले आपसी सम्पर्क र सम्बन्धलाई थप सुदृढ बनाइरहेको उहाँले बताउनुभयो ।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह