logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    महिला च्याम्पियनसिप खेलमा नेपाल भारतसँग पाँचौँ सेटमा पराजित

    महिला च्याम्पियनसिप खेलमा नेपाल भारतसँग पाँचौँ सेटमा पराजित

    महिला मुक्ति
    ८ जेष्ठ २०८३
    297
    Shares

    काठमाडौं : सेन्ट्रल एसिएन भलिबल एसोसिएसन (काभा)ले आयोजना गरेको महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल भारतसँग पाँचौँ सेटमा पराजित भएको छ। शुक्रबार त्रिपुरेश्वरको कभर्डहलमा पहिलो सेट जितेको नेपालले चौथो सेट जित्दै खेल बराबरीमा पुर्‍याएको थियो। पाँचौँ सेटमा नेपाल १५–९ ले पराजित भयो।
    निरुता ठगुन्नाको कप्तानीमा रहेको नेपालले पहिलो सेट २५–२१ ले जितेर अग्रता लिएको थियो। तर, लगातार दुई सेट जितेर भारत खेलमा पुनरागमन गर्न सफल भयो। दोस्रो सेट भारतले २५–२० ले जित्यो। तेस्रो सेटमा २५–१९ ले विजयी हुँदै भारत २–१ को अग्रता लिन सफल भयो। चौथो सेटमा नेपालले २५–२१ ले जित निकाल्दै सेट २–२ को बराबरी गरेको थियो।
    प्रशिक्षक जगदीश भट्टले सुनिता खत्री, मीना सुनार, सलिना बुढामगर, जसना महतो र वसन्ती साउदलाई डेब्यु गराएका थिए।
    यसअघि नेपाल सन् २०१९ मा भएको १३औँ दक्षिण एसियाली खेलकुद ९साग मा पनि भारतसँग फाइनलमा ३–२ ले नै पराजित भएको थियो।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com