logo
  • शुक्रबार, १४ कार्तिक २०८३
    • ट्रेन्डिङ

    सुकुमवासीका लागि सरकारी भवनको तयारि गर्दै

    सुकुमवासीका लागि सरकारी भवनको तयारि गर्दै

    महिला मुक्ति
    १२ बैशाख २०८३
    297
    Shares

    काठमाडौं :  सुकुमवासीलाई अस्थायी बसोबास गराउन लागि नागार्जुन नगरपालिका–१ स्थित सरकारी भवन सफा गर्न लागिएको छ ।
    सुकुमवासीलाई राख्नका लागि तत्कालीन प्रधानमनत्री डा। बाबुराम भट्टराईको अग्रसरतामा बनेको तीन वटा भवनमध्ये एउटामा सुकुमवासीलाई राख्ने तयारी गरिएको हो ।
    शनिबार बिहानदेखि १४ जना श्रमिकले सफा गर्ने र रंगरोगनको काम गरिरहेका हुन् ।
    बिजुली नभएका कोठामा बत्ती जडान मर्मत जारी छ । एउटा परिवारको लागि साना साना तीन कोठासहित शौचालय हुनेगरी प्रत्येक तलामा छुट्टाछुट्टै बस्न मिल्नेगरी कोठा बनाइएको छ ।
    हाल यो भवनमा पानीको आपूर्ति भने छैन । तत्कालीन समयमा सबै कोठामा राखिएका बेडमा सीमित मात्रै प्रयोग गर्न मिल्नेछन् । केही शौचालय मर्मत गरेर मात्रै प्रयोग गर्न सकिने छन् ।
    भवन निर्माण विभाग मातहत रहेको यो भवनमा २०७२ सालको भूकम्प पीडित बसेका थिए । त्यसयता भने खाली छ ।
    पाँच तले यो भवनको ४२ वटा कोठामा सुकुमवासी राखिने बताइएको छ । यसै भवनमा रानीवन नासिढोका खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ३ कोठामा कार्यालय पनि छ ।
    समिति अध्यक्ष लाल कुमार लामाले अफिस खाली गर्न सूचना आई नसकेको बताए । भुइँ तलामा हलमा योगा सञ्चालन हुँदै आएको भएपनि उक्त स्थान खाली गर्न भने भनिएको छैन ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com