logo
  • शुक्रबार, १३ कार्तिक २०८३
    • ट्रेन्डिङ

    निष्पक्ष छानबिनका लागि कार्की आयोग बनेको होइन भन्ने प्रतिवेदनले पुष्टि गरेको छ : शङ्कर पोखरेल

    निष्पक्ष छानबिनका लागि कार्की आयोग बनेको होइन भन्ने प्रतिवेदनले पुष्टि गरेको छ : शङ्कर पोखरेल

    महिला मुक्ति
    १२ चैत्र २०८२
    414
    Shares

    काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भदौ २३ र २४ गतेको आन्दोलनको निष्पक्ष छानबिनका लागि गौरीबहादुर कार्की नेतृत्वको आयोग नबनेको प्रतिवेदनले पुष्टि गरेको टिप्पणी गरेका छन् ।कार्की आयोगको प्रतिवेदन एकपक्षीय भएको टिप्पणी भइरहेका बेला महासचिव पोखरेलले पनि त्यसैलाई बल पुग्नेगरी टिप्पणी गरेका हुन् ।‘कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको छ’, महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘कार्की आयोग र आम निर्वाचन ०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानुनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट छ । सोही अनुसारको निर्वाचनको परिणाम र आयोगको प्रतिवेदन आएको छ ।’महासचिव पोखरेलले निर्वाचन र जाँचबुझ आयोगको प्रतिवेदनसँगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर भएको पनि बताएका छन् ।अल्गोरिदमको प्रयोगबाट लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको भन्दै पोखरेलले अबको बाटो सजिलो हुन नरहेकाले राष्ट्र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको बताएका छन् ।‘यस्तो अवस्थामा, ‘नयाँ शक्ति’ र ’नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्छ’, महासचिव पोखरेलले भनेका छन्,‘तर पनि सत्य कुरा के हो भने– लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरूको समाधानको बाटो होइन र विचारधारात्मक राजनीतिको दीर्घकालीन विकल्प पनि होइन ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to mahilamukti.com