काठमाडौँ , प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग बढेको भन्दै चौतर्फी आलोचना भएपछि निर्वाचन आयोगले यसबारेको प्रावधान प्रस्ट पारेको छ ।
निर्वाचन आयोगका अनुसार उम्मेदवार वा दलले चुनावी प्रचारका क्रममा आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्यालीमा बढीमा १० वटा मात्र राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने व्यवस्था छ। यो तोकिएको संख्याभन्दा बढी झण्डा प्रयोग गर्नु आचारसंहिताको ठाडो उल्लङ्घन हुने र त्यसो गरिएमा कानुनी कारबाहीको भागीदार हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।
विशेष गरी सामाजिक सञ्जाल र सडक प्रदर्शनहरूमा राष्ट्रिय झण्डाको अनादर हुने गरी प्रयोग गरिएको गुनासो आएपछि आयोगले यस्तो स्पष्टीकरण दिएको हो। सार्वजनिक कार्यक्रमबाहेक अन्य सामान्य प्रचारप्रसारका सामग्रीमा राष्ट्रिय झण्डाको प्रयोग गर्न वा गराउन पूर्ण रूपमा बन्देज लगाइएको छ।
आयोगले निर्वाचन आचारसंहिताको स्मरण गराउँदै राजनीतिक दल तथा उम्मेदवारहरूलाई राष्ट्रिय झण्डा प्रयोगको निश्चित सीमा र नियम कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु
-
आजदेखि शनिबारसम्म शक्तिशाली चक्रवात : सतर्क रहन आग्रह