बुटवल, माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य पदको निर्वाचनका लागि आज दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा निर्वाचनका लागि दुई ठुला दल नेपाली कांग्रेस र एमालेले गठबन्धन गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीले तालमेलविना नै उम्मेदवारी दिएको छ ।
सुरुमा कांग्रेस र एमालेसँगै तालमेल गरेर निर्वाचनमा सहभागी हुने तयारी गरे पनि अन्तिममा भागबन्डा नमिलेपछि नेपाली कम्युनिस्ट पार्टीले तालमेलविना उम्मेदवार खडा गरेको हो ।
राष्ट्रिय सभामा लुम्बिनी प्रदेश अन्तर्गत तीन सिटमा निर्वाचन हुँदैछ । ती तीन सिटमा कांग्रेस–एमाले गठबन्धनबाट रामकुमारी झाँक्री, चन्द्र बहादुर केसी र वासुदेव घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, नेपाली कम्युनिस्ट पार्टीले बृहस्पति अधिकारी, सर्जन विक र दुर्गा भण्डारीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिएको छ । सो पार्टीले बमबहादुर खत्री र पद्मा पण्डितलाई उम्मेदवार बनाएको हो । राष्ट्रिय जनमोर्चाको मतभार भने निकै कम छ । लुम्बिनीमा सो पार्टीका एक प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी गरी जम्मा १२९ मतभारमात्र छ ।
लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रिय सभा सदस्यहरू गोपाल भट्टराई, जगप्रसाद शर्मा र हाल राष्ट्रिय सभाको उपाध्यक्ष रहेकी विमला घिमिरेको पदावधि फागुन २० मा सकिन लागेको हो । तीमध्ये भट्टराई र घिमिरे एमालेबाट निर्वाचित हुन् भने शर्मा माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु