काठमाडौँ , काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–३ स्थित लप्सेफेदी जंगलमा बस दुर्घटना हुँदा मृत्यु भएका ४ जनाको पहिचान खुलेको छ । बुधवार साँझ स्थानीय ढोल्बु सामुदायिक बनमा बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस दुर्घटना हुँदा ४ जनाले मृत्यु भएको थियो ।
मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भएर बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भएर बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भएर पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता र पाँचथर घर भएर गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बु छन् ।
दुर्घटनामा परेर घाइते भएका २३ जनाको उपचार हुँदै छ । चारजना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । पिकनिक गएर फर्किँदै गरेको बसमा नेचर हब कम्पनीमा आबद्ध यात्रु सवार थिए ।
-
नेपालले तिर्नुपर्ने सार्वजनिक ऋण ३० खर्ब नाघ्यो
-
नेपालमा वर्षमा ५० हजारभन्दा बढीलाई मस्तिष्कघात, हरेक १० मिनेटमा एक जना प्रभावित
-
नेपालमा डेढ अर्ब रुपैयाँको ओखर,काजु र बदाम मात्रै आयात
-
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
-
अस्थायी शिक्षक तथा कर्मचारी युनियनद्धारा : माग सम्बोधन नगरे आन्दोलन गर्ने चेतावनी
-
बालबालिका,गर्भवती र सुत्केरीलाई इनर्जी ड्रिङ्क्स सेवन नगर्न मन्त्रालयको आग्रह
-
आइतबारसम्म धान नकाट्न् मौसमविद्को सुझाव
-
विश्वलाई भोटेकोशी विपत्तिबारे जानकारी गराउँदै नेपाल
-
बागमती प्रदेश विश्वविद्यालयहरूको सम्मेलन आजदेखि सुरु
-
आजदेखि १९औँ गोदावरी फूल प्रतियोगिता प्रदर्शनी सुरु